२४ फागुन, काठमाडौं । ट्वान्टी–२० विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा घरेलु टोली युएईलाई ३१ रनले पराजित गरेको छ । पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग ४४ रनले पराजित भएको थियो ।
टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रन बनाए । कप्तान पारस खड्काले ३२ रनको योगदान दिए । शक्ति गौचन १५ रनमा अविजित रहे भने बसन्त रेग्मी र सुवास खकुरेलले समान १० रन जोडे ।
जवाफमा मैदान उत्रिएको यूएईले १९.४ ओभरमा १ सय १८ रन जोड्दा सबै विकेट गुमायो । नेपालका सोमपाल कामीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । जितेन्द्र मुखिया, बसन्त रेग्मी र सागर पुनले समान २–२ विकेट लिए । शक्ति गौचनले एक विकेट हात पारे ।






0 comments:
Post a Comment