Saturday, March 8, 2014

शेष घलेकी पत्नी जमुना ११ औं धनी महिला


jamuna-and-shesh-ghale
२४ फागुन, काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेकी श्रीमति जमुना गुरुङ अष्ट्रेलियाको ११ औं धनी महिलामा पर्न सफल भएकी छिन् ।
अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बीआरडब्ल्यु म्यागेजिनले शनिवार प्रकाशन गरेको धनाढ्य अष्ट्रेलियाली महिलाको सूचीमा गुरुङ ११ औं नम्बरमा छिन् ।
पत्रिकाले उनको सम्पत्ति साढे १० करोड अष्ट्रेलियन डलर बराबर रहेको जनाएको छ ।
मेलबर्न इन्स्िटच्यूट अफ टेक्नोलोजी, बिभिन्न ब्यबसायिक कम्प्लेक्स र काठमाण्डौमा निर्माण हुन लागेको शेराटन होटलमा उनको स्वामित्व छ ।
सन् २०१३ मा शेष घले र जमुनाको संयुक्त सम्पत्ति साढे २६ करोड अष्ट्रेलियन डलर थियो भने पहिलोपटक जमुना श्रीमानसँगै २ सय धनी अष्ट्रेलियनको सूचीमा प्रवेश गरेकी थिइन् ।
५१ बषिर्य गुरुङ सन् १९९० को दशकमा श्रीमान् घलेसँगै अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । मेलवर्न इन्स्िटच्यूट अफ टेक्नोलोजीसहित सवैजसो ब्यबसायमा उनी श्रीमानसँगै आधा हिस्सेदार हुन् । पछिल्लो समयमा एमआईटीले शिक्षासँगै रियल स्टेट र पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको छ ।
उनीहरुको झण्डै ७ अर्ब लगानीमा काठमाण्डौंमा शेराटन होटल निर्माण सुरु हुँदै छ ।

0 comments:

Post a Comment