Saturday, March 8, 2014

बंगलादेशले नेपालबाट बिजुली किन्ने


२५ फागुन, काठमाडौं । बंगलादेशले नेपालको जलविद्युत् क्षेत्रमा संयुक्त लगानी गर्ने र यहाँबाट अमेरिकी डलरमा बिजुली किन्ने प्रस्ताव गरेको छ । बढ्दो उर्जा संकट सामना गरिरहेको बंगलादेश सरकारका तर्फबाट त्यहाँका विद्युत्, उर्जा थता खनिज स्रोत मन्त्रालयका सचिव मनोवार इस्लामले यस्तो प्रस्ताव राखेका हुन् ।
electricसचिव इस्लामले उर्जामन्त्री राधा ज्ञवाली र सचिव विश्वप्रकाश पण्डितसित बिहीबार भेटवार्ता गरी यो प्रस्ताव गरेको उर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले जानकारी दिए । उनी विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को पहलमा भएको जलस्रोतसम्बन्धी सम्मेलनमा भाग लिन आएको खबर छ ।
‘नेपालको जलस्रोत विकासको उच्च सम्भाव्यतालाई कसरी यथार्थमा रुपान्तरण गर्ने,’ विषयक सम्मेलन राजधानीमा मार्च ३ र ४ मा भएको थियो । सम्मेलनमा भारतका विद्युत् सचिव प्रदीपकुमार सिन्हासहितका अधिकारी सहभागी थिए । आईएफसी नेपालमा भरत र बंगलादेशको उर्जा संकटसमेत समाधान गर्ने सम्भावना भएका ठूला जलविद्युत आयोजनामा लगानी आकषिर्त गर्न चाहन्छ । यस्ता आयोजनामा ऋण लगानी गर्न इच्छुक उसले त्रिदेशीय सहकार्यमा जलविद्युत विकासनिम्ति समन्वय पहल गरिरहेको छ ।

0 comments:

Post a Comment