Friday, March 7, 2014

आज १ सय ४ औ महिला दिवस


२४ फागुन, काठमाडौं । आज १ सय ४ औं अन्तर्राष्ट्रिय नारी दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । यसपटक नारी दिवसको विश्वव्यापी नारा ‘महिलाका लागि समानताः सबैका लागि प्रगति’ तय गरिएको छ । नेपालमा भने ‘महिला नेतृत्वका लागि होऔं जम्मा, घरदेखि संविधानसभासम्म’ तय गरिएको छ ।
सन् १९११ को मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइए यता संसारभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
कोइरालाले भने महिला देश विकासका मेरुदण्ड हुन्
प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना दिँदै जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाहरू देश विकासको मेरुदण्ड भएको बताएका छन् । विकासको सहयात्रीका रूपमा प्रत्येक क्षेत्रमा महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको कोइरालाको भनाई छ ।
सरकारी नीति, कार्यक्रम र कार्ययोजनामा महिलाको अधिकतम सहभागितालाई सुनिश्चित गर्न उच्च प्राथमिकता दिइएको उल्लेख गर्दै कोइरालाले रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्था गरिएको बताए ।
प्रधानमन्त्री कोइरालाले सन् २०१० देखि महिलाविरुद्धको हिंसाको विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले पाँचवर्षे ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९’ कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीयस्तरमा विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको उल्लेख गरेका छन् ।

0 comments:

Post a Comment