अबुधावी । डेढ वर्ष अघि रोजगारीको शिलशिलामा यूएईको दुबर्इ पुगेकी एक नेपाली महिला कामदारको मृत्यु भएको छ । यूएईको बहुराष्ट्रिय कम्पनी अलसायाको चिज केक फ्याक्ट्रीमा कार्यरत काठमाडौं महाराजगञ्जकी २५ वर्षीया रचना महर्जनको मृत्युक भएको हो ।
राती अबेरसम्म पार्टीमा सहभागी भएकी रचना हराएपछि खोजी गर्दा रक्ताम्य भएको अवस्थामा फेला परेकी थिइन् । उनलार्इ उपचारका लागि अस्पताल लगिएपनि केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्युबको कारण भने खुल्न सकेको छैन । शवको पोष्टमार्टमपछि मात्रै हत्या भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेवारे खुल्ने वताइएको छ ।
रचनाको मृत्युवारे नेपालमा रहेका परिवारलाई खबर गरिसकेको वताइएको छ । रचनाका श्रीमान् पनि बैदेशिक रोजगारका लागि साउदीमा रहेको वताइएको छ ।
उता घटनामा संलग्न रहेको आशकांमा रचनासँगै एउटै कम्पनीमा काम गर्ने झापाका सरोज शर्मालाई दुबर्इ प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि वढाएको वताइएको छ ।






0 comments:
Post a Comment