विमानमा चालकसहित २३९ सवार
२४ फागुन, काठमाडौं । सम्पर्कविहीन भएको मलेसियन एयरको बोइङ दुर्घटनाग्रस्त भेटिएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भियतनामको सञ्चार माध्यमलाई उदृत गर्दै विमान भियतनामको दक्षिणी आइसल्ल्याण्डमा समुन्द्रमा दुर्घटनाग्रस्त भेटिएको जनाएको छ । क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको विमानमा २३९ जना थिए ।
एमएच-३७० वोइङ ७७७-२०० को सो विमान स्थानीय समय अनुसार बिहान २ बजेर ४० मिनेट जाँदा बेइजिङका लागि क्वालालाम्पुरबाट उडेको थियो । विमान बिहान साढे ६ बजे बेइजिङ पुग्नुपर्ने थियो । तर, विभिन्न १३ मुलुकका २३९ जना चढेको उक्त विमान दुई घण्टापछि बेपत्ता भएको एयरलाइन्सले जनाएको छ ।
विमानमा १२ जना चालक दलका सदस्यसहित २३९ जना सवार थिए । सो विमानमा १३ देशका नागरिक चढेका थिए । उक्त विमानमा एक सय ५२ जना चिनियाँ, ३८ मलेसियन, १२ एन्डोनेशियन, सातजना अष्ट्रेलियन, तीन जना अमेरिकी, तीनजना फ्रान्स, दुई-दुई जना न्युजिल्याण्ड, युक्रेन र क्यानडाका नागरिक सवार थिए भने इटाली, टाइवान, नेदरल्याण्डस्, अस्टि्रयाका एक-एकजना नागरिक सवार रहेको वताइएको छ ।
मलेसिया एयरलाइन्सलाई एशियाकै ठूलो विमान कम्पनी मानिन्छ । यो एयरलाइन्सले संसारका ८० स्थानमा दैनिक ३७ हजार यात्रुहरु ओसार-पसार गर्दै आएको छ ।









0 comments:
Post a Comment