
नेपालगन्ज वीपी चोक स्थित खाल्डोमा खसेको एसएनभीको गाडी र तान्दाका दृश्यहरु । तस्बिर : जे पाण्डे/ इकान्तिपुर
नेपालगन्ज, फाल्गुन २४ - वीपी चोक स्थित पिच सडकमा गुड्दै गरेको एउटा कुटनीतिक नियोगको गाडी करीब २० मिटर पश्चिम खाल्डोमा खसेको देखेपछि ट्राफिक प्रहरी समेत छक्क परे ।
'उडेर खसे जस्तो देखिन्छ' उक्त घटनालाई प्रचारप्रसार नगर्न दवाव आएको उल्लेख गर्दै ती प्रहरीले भने,'सडकबाट जुरुक्क उठाएर खाल्डोमा राखे जस्तो देखिन्छ । '
शुक्रबार राति करिब १० बजे तिर नेदरल्याण्ड विकास नियोगको निलो ३८-०-४४ नम्बर सेतो रंगको गाडि अनियन्त्रि हुँदै एसियाली विकास बैकको आर्थिक सहयोगमा सडक र नाली बनाउन खनेको ठूलो खाल्डोमा खसेको हो ।
शनिबार बिहानै डोजर ल्याएर गाडि खाल्डोबाट झिक्दाको दृश्य सयौं मानिसहरुले आश्चर्य भन्दै हेरेका थिए । हेर्नेहरुको भीड लागेपछि गाडीको नम्बर हिलोले पोतिएको थियो ।
पीच सडकबाट गाडि खाल्डो गुडेर पुग्नै नसक्ने स्थिति छ । सडक छेउमा बाटोका ढिक्साहरु छन् । तर, ढिस्कामाथि चक्काको डाम समेत देखिदैंन । यस्तो दुर्घटना हुँदा समेत चालक र त्यस भित्र रहका कसैलाइ चोटपटक समेत लागेको छैन । गाडिको अग्रभाग कुच्चिएको र बाँया तर्फको टायर फुटेको छ ।






0 comments:
Post a Comment