तस्वीरमा

श्रद्धान्जली दिन प्रज्ञा भवन पुगेका महतकी बहिनी भावविहृवल अस्वथामा । दुर्घटना उनी पनि घाइते भएकी थिइन् ।
१७ चैत, काठमाडौं । सवारी दुर्घटनामा परी ज्यान गुमाएकी लोक तथा दोहोरी गायिका मञ्जु महतको सोमबार अन्त्यष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।
यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो । महतप्रति श्रद्धान्जली दिन सभामुख सुवास नेम्वाङ, उर्जामन्त्री राधा ज्ञवाली, सभासद रविन्द्र अधिकारी पनि प्रज्ञा भवन पुगेका थिए । यस्तै कलाकार तथा शुभचिन्तकहरुकेा पनि बाक्लो उपस्थिति थियो ।
स्कुटरमा सवार महतलाई दुई वटा माइक्रोबसले चेपेको थियो । उनको उपचारका क्रममा शनिबार उनको निधन भएको थियो । महतका श्रीमान, छोरा र छोरी छन् ।


















0 comments:
Post a Comment