Sunday, March 9, 2014

सिनामंगलस्थित सुकुम्बासी बस्तीमा आगलागी, ५० छाप्रा जले


Sinamangal AAglagi२५ फागुन, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीमा आज दिउँसो आगलागी भएको छ । आगलागीबाट बस्तीका ५० बढी छाप्रा जलेर नष्ट भएका छन् ।
सुकुम्बासी बस्तीको कवाडी थुपारिएको ठाउँबाट विजुली सर्ट भएर आगलागी भएको बताइएको छ । सुकुम्बासी बस्तीमा फैलिएको आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । बस्तीमा फैलिएको आगो नियन्त्रणमा लिन दमकलको समेत प्रयोग गरिएको थियो ।
सुकुम्बासीहरुले बनाएका छाप्रामा आगोबाट चााडै जल्ने सामान प्रयोग गरिएका आगो चााडो फैलिएको थियो । छाप्रा बाास, प्लास्टिक, कपडा र काठले बनाइएकाले आगो चााडै फैलिएर धेरै छाप्रा जल्न पुगेका हुन् । आगोबाट मानवीय क्षति भने भएको छैन ।

0 comments:

Post a Comment