कसैलाई विश्वास किन गर्छ यो मनले,
जब, वास्तविकता नै थाहा छैन भने।
कसैलाई सत्कार किन गर्छ यो मनले,
जब आफैंले तिरस्कार सहनु पर्छ भने।
कसैलाई मनमा किन राख्छ यो मनले,
जब मनमा वास बस्नेले नै डस्छ भने।
अब मौन बस्न किन खोज्छ यो मनले,
जब मनमा पनि खलबली हुन्छ भने।
पलपलको सहारा किन सम्झ्यो यो मनले,
जब हरेक पल लाचार हुनु पर्छ भने।
झुठो सपनाका महल किन बुन्यो यो मनले,
जब बिपनामा भत्केर चकनाचूर हुन्छ भने।
अनिल पंगेनी
वालिङ-५-मिर्दी, स्याङ्जा
APS-Afghanistan.
जब, वास्तविकता नै थाहा छैन भने।
कसैलाई सत्कार किन गर्छ यो मनले,
जब आफैंले तिरस्कार सहनु पर्छ भने।
कसैलाई मनमा किन राख्छ यो मनले,
जब मनमा वास बस्नेले नै डस्छ भने।
अब मौन बस्न किन खोज्छ यो मनले,
जब मनमा पनि खलबली हुन्छ भने।
पलपलको सहारा किन सम्झ्यो यो मनले,
जब हरेक पल लाचार हुनु पर्छ भने।
झुठो सपनाका महल किन बुन्यो यो मनले,
जब बिपनामा भत्केर चकनाचूर हुन्छ भने।
अनिल पंगेनी
वालिङ-५-मिर्दी, स्याङ्जा
APS-Afghanistan.







0 comments:
Post a Comment