२८ फागुन, काठमाडौं । मुलुकमा स्वाइन फ्लू संक्रमण फेरि देखिएको छ । संक्रमणबाट जटिल अवस्थामा पुगेका एक व्यक्तिलाई विशेष उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार नयाँ दिल्ली लगिएको छ ।
नोबेल अस्पतालमा उपचार गराइरहेका ती ब्यक्तिलाई नयाँ दिल्लीको मेदान्ता अस्पताल लगिएको हो । मुलुकमा हाल कडा रुपमा स्वाइन फ्लु संक्रमित चार जनामध्ये नर्भिक अस्पतालमा एक महिलाको यही साता मृत्यु भइसकेको खबर कान्तिपुरले छापेको छ ।
दुई महिनाअघि पनि सरकारका एक सहसचिवको स्वाइन फ्लुबाटै मृत्यु भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकमा स्वाइन फ्लु (एच१एन१) भएकाहरुमा कडा संक्रमण देखिएपछि रुघाखोकीका लक्षण भएकाहरुको उपचारमा थप सतर्क हुन अस्पतालहरुलाई निर्देशन दिएको छ ।
‘पाFच दिनअघि हामीकहाा भर्ना भएका एक बिरामीमा निमोनिया र स्वाइन फ्लु देखिएको हो’, नोबेल अस्पतालका निर्देशक डा. लोचन कार्कीले भने, ‘बुधबारै एयर एम्बुलेन्सबाट थप उपचारका लागि उहाँलाई दिल्ली लगिएको छ ।’
स्वाइन फ्लुको जटिलताको पहिलो लक्षण सास लिन कठिनाइ हुनु हो । अन्य लक्षणमा रुघाखोकी, ज्वरो, माथिल्लो श्वास नलीको संक्रमण आदि । सामन्य रुघाखोकी जस्तै स्वाइन फ्लुको भाइरस पनि मुख्य रुपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्कने पानीका स-साना कणहरुको ममाध्यमले वातावरणमा फैलिन्छ । संक्रमितको एक मिटर दूरीमा भएका स्वस्थ व्यक्तिमा प्रश्वासको माध्यमले भाइरस पसेपछि सर्ने कान्तिपुरको समाचारमा उल्लेख छ ।
0 comments:
Post a Comment