२६ फागुन, काठमाडौं । दुबई अदालतबाट मृत्युदण्डको फैसला सुनाइएका अनिश खालिङलाई बचाउनका लागि सवा करोडभन्दा बढी रकम संकलन भएको छ ।
अनिश खलिङ बचाउ अभियानले पत्रकार सम्मेलन गरी खालिङलाई बचाउनका लागि हालसम्म एक करोड २२ लाख जम्मा भएको जनाएको छ । अभियानका संयोजक नारदकुमार राईका अनुुसार अनुसार पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा डेढ वर्षदेखि संयुक्त अरब इमिरेट्सको दुबइस्थित कारागारमा रहेका खालिङलाई बचाउन ‘ब्लडमनी’ स्वरुप ८६ लाख बुझाउनुपर्नेछ ।
संयोजक राईले खालिङलाई बचाउने कानुनी प्रकि्रयाबारे पनि अभियानले निरन्तर परामर्श गरिरहेको जानकारी समेत दिएका छन् ।
0 comments:
Post a Comment