२६ फागुन, काठमाडौँ । नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादलले सुशील कोइराला नेतृत्वको सरकारको बर्हिगमन अनिवार्य भएको वताएका छन् । उनले कोइराला नेतृत्वको सरकार विघटनका लागि आफ्नो पार्टीले निणार्यक आन्दोलन गर्ने घोषणासमेत गरेका छन् ।
सोमवार नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा एमाओवादीका कार्यकर्तालाई पार्टी प्रवेश गराउदै बादलले सरकारको बर्हिगमन अनिवार्य भएकाले त्यसका लागि निर्णायक आन्दोलनको तयारी भइरहेको जानकारी दिए ।
उनले अहिलेको संविधानसभा यथास्थितिवादी शक्तिहरुको बाुहल्यता रहेकाले जनताको संविधान नबन्ने ठोकुवा गरे । उनले कोइराला नेतृत्वको सरकार विघटन गरेर क्रान्तिकारी देशभक्तहरुको राष्ट्रिय संयुक्त सरकार अनिवार्य भएको वताए । उनले भने,’ बृहत राजनीतिक सभामार्फत देशभक्तहरुको संयुक्त सरकार गठन गर्नुपर्छ, त्यसका निम्ति आन्दोलनबाहेक अर्को बिकल्प छैन ।’
बादलले सेक्युरिटी मजदुरहरुलाई पार्टीले रणनीतिक रुपमा लिएको भन्दै आवश्यक परे लडाकू शक्तिको रुपमा विकास गर्न सकिने वताए ।
कार्यक्रममा एमाओवादी निकट सेक्युरिटी संघका उपमहासचिव मोहनसिंह धामी, केन्द्रीय सचिव भवानी राउत, केन्द्रीय कोषाध्यक्ष प्रेम कार्की, केन्द्रीय सचिवालय सदस्य मंगल गुरुङ, कृष्ण लामा, निरबहादुर भुँजेलसहितका कार्यकर्ता नेकपा-माओवादीमा प्रवेश गरेका छन् ।






0 comments:
Post a Comment