Wednesday, March 5, 2014

एक सय १५ विद्यार्थी एसएलसी दिनबाट बञ्चित


२१ फागुन, तेह्रथुम । तेह्रथुम जिल्लाका १ सय १५ जना विद्यार्थी प्रवेशिका -एसएलसी) परीक्षामा सामेल हुन नपाउने भएका छन् । शिक्षा नियमावलीअनुसार विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेकाले उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
विद्यार्थी तथा अभिभावकहरुको लापरबाहीका कारण विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएको विद्यालयले जनाएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार सबभन्दा बढी भगवती उच्चमावि थोक्लुङबाट १५ र सिंहवाहिनी उच्चमाविबाट ११ जना विद्यार्थी परीक्षामा सामेल हुन नपाउने भएका छन् ।
शिक्षा नियामावलीमा भएको व्यवस्थाबारे पटकपटक विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउँदासमेत उनीहरुले वास्ता नै नगरेको भगवती उच्चमावि थोक्लुङका प्रधानाध्यापक प्रेमप्रकाश लामिछानेले बताए । आगामी चैत ६ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षामा तेह्रथुमबाट नियमिततर्फ दुई हजार ११ र एक्जाम्टेडतर्फ ८ सय ५१ गरी कुल दुई हजार ८ सय ६२ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्लामा यो वर्ष सुङनाम गाविसको तीनजुरे माविमा एक परीक्षा केन्द्र थप भई कुल १५ वटा परीक्षा केन्द्र कायम भएको जिल्ला शिक्षा अधिकारी महेन्द्र शाक्यले जानकारी दिए ।

0 comments:

Post a Comment