Wednesday, March 5, 2014

युक्रेनमा तत्काल सेना नपठाउने मुडमा पुटिन



Putin
मस्को (बीबीसी), फाल्गुन २१ - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिलेलाई युक्रेनमा आफ्नो सेना पठाउनुपर्ने आवश्यकता नभएको बताएका
छन् । उनले आउँदा दिनमा त्यहाँ सेना पठाउने सम्भावनालाई भने अस्वीकारेका छैनन् ।
'आफ्ना नागरिकको सुरक्षाका लागि पाइला चाल्नु रुसको अधिकार हो,' उनले भने । रुसले गरिरहेको सैन्य अभ्यासको युक्रेनको ताजा घटना क्रमसँग सम्बद्ध नरहेको पुटिनले प्रस्ट पारेका छन् । उनले युक्रेनको सीमामा भइरहेको व्यापक सैन्य अभ्यासको समापन भएको घोषणा गरेका छन् ।
उनले आफ्ना सैनिकलाई ब्यारेकमा र्फकन निर्देशन
दिएका छन् । युक्रेन अधीनस्थ क्रिमियामा रुसी र युक्रेनी
सैन्य बलबीच तनावपूर्ण अवस्था छ । उनले युक्रेनका वैधानिक राष्ट्रपति भिक्टर यानुकोभिचलाई बलपूर्वक सत्ताच्यूत गरिएको प्रक्रियाको विरोध गरेका छन् । पुटिनले उक्त घटनालाई हतियारको आडमा गरिएको असंवैधानिक कदम भनेका छन् ।
कट्टरपन्थीले मुलुकलाई अराजक अवस्थामा धकेलेको पनि उनले आरोप लगाएका छन् । यानुकोभिचले विपक्षको सम्पूर्ण माग स्वीकारेकोले त्यसको औचित्य नरहेको बताए । उनले यानुकोभिचलाई नै युक्रेनको वैधानिक राष्ट्रपति भनेका छन् । पुटिनले राष्ट्रपति हटाउने तीन कानुनी प्रावधानहरू मृत्यु, राजीनामा र महाअभियोग
मात्र भएको बताएका छन् । मानवीय आधारमा सहयोग नगरेको भए यानुकोभिचको हत्या भइसकेको हुने उनले बताएका छन् । राष्ट्रसंघमा रुसी दूत भिताली चुरकिनले सुरक्षा परिषद्मा अपदस्थ राष्ट्रपति यानुकोभिचले नागरिकको सुरक्षाका लागि युक्रेनमा सेना पठाउन आइतबार लिखित आग्रह गरेको बताएका थिए ।
'पूर्वी युक्रेनका रुसी भाषी नागरिकले सहयोग मागेमा आफ्नो मुलुक अगाडि आउनेछ,' पुटिनले भने । उनले त्यहाँ अराजक वातावरण कायम रहेमा कुनै पनि निर्णय लिन पाउनु रुसको अधिकार हुने प्रस्ट पारेका छन् । क्रिमियामा युक्रेनको सैन्य स्थलहरूलाई रुसी सेनाले नभएर रुसी समर्थक सशस्त्र समूह र स्थानीय जनताले घेरेको उनले दाबी गरेका छन् ।
युक्रेनले हालैका दिनमा त्यहाँ १६ हजार रुसी सैनिकको उपस्थितिको दाबी गरेको छ । तनावलाई कम गर्न त्यहाँ कूटनीतिक प्रयास पनि सुरु
भएको छ ।

0 comments:

Post a Comment