Wednesday, March 5, 2014

मनमोहन सिंहले सुशील कोइरालाबाट सिक्नुपर्ने ?


susil-manmohan
२२ फागुन, काठमाडौं । सधैजसो हेपाहा ब्यबहार गर्ने भारतीयहरुले बेला-बेला नेपाली नेताहरुलाई अचम्म पार्नेगरि प्रसंसा गरिदिन्छन् ।
कुनै बेला गिरिजाबाबुलाई एशियाकै महान नेता भन्दै प्रसंसा गर्ने भारतीयले केही समयमै उनलाई मन पराउन छाडेका थिए । अहिले प्रधानमन्त्री पदमा आशिन भएका सुशील कोइरालालाई पनि यस्तै प्रसंसाको भारी बोकाइदिएका छन् । यो प्रसंसा नेताहरुबाट हैन भारतीय मिडियाबाट पाएका हुन नेपाली प्रधानमन्त्रीले ।
प्रधानमन्त्री सुशील कोइरालाको म्यानमार भ्रमण दललाई भारतीय दैनिक द हिन्दुले निकै शालीन, मितव्ययी र चुस्तको संज्ञा दिएको छ ।
उक्त दैनिकले बिमस्टेक सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री मनमोहन सिंहसहित दक्षिण एसियाली मुलुकका अन्य राष्ट्रप्रमुख तथा सरकारप्रमुखको तुलना गर्दै कोइरालाको भ्रमणबाट केही सिक्न आफ्ना प्रधानमन्त्री मनमोहन सिंहलाई आग्रह गरेको छ ।
पत्रिकाको बुधबारको अनलाइन संस्करणमा भारतीय प्रधानमन्त्रीसँगै भ्रमण दलमा सहभागी द हिन्दुका पत्रकारले कोइरालाको भ्रमणशैलीको प्रशंसा गर्दैर् लेखेका छन्, ‘कोइराला कुनै चार्टर फ्लाइटबिना सानो टोली लिएर म्यानमार पुगेका थिए । उनी अन्य मुलुकका राष्ट्र तथा सरकारप्रमुखले झै ठूलो भ्रमण दल लिएर म्यानमार गएनन् ।’
प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणका क्रममा बुहपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी बंगालको खाडी प्रयास (बिमस्टेक) को तेस्रो सम्मेलनमा भाग लिन म्यानमार पुगेका कोइराला स्वदेश र्फकनु एकदिन अघि द हिन्दुमा त्यस्तो समाचार प्रकाशित भएको बिहीबार काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले छापेका छन् ।

0 comments:

Post a Comment