प्रमाणीकरणवारे सहमति भइसकेको छ : रावल
२५ फागुन, काठमाडौँ । संविधानको प्रमाणीकरण राष्ट्रपतिले गर्ने कि सभामुखले भन्ने विषयमा विवाद भइरहेका बेला नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले संविधानको प्रमाणीकरण राष्ट्रपतिले नै गर्ने वताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आइतबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा ढुंगानाले राष्ट्रपतिले प्रमाणीकरण गर्ने गरी संविधानसभा नियमावली निर्माण गरिने वताएका हुन् । ‘संविधानमा उल्लेख भएबमोजिम नैं संविधानसभा नियमावली निर्माण हुन्छ’, कांग्रेस नेता ढुंगानाले भने ‘संविधानसभाबाट निर्माण हुने संविधानलाई राष्ट्रपतिले प्रमाणीकरण गर्ने बिषयमा एमाले सहमत भएरै छाड्छ ।’
उनले संविधानसभा भित्र ककस गठन गर्ने र दलको हृवीप संविधानसभामा लागू हुने वा नहुने भन्ने बिषयमा पनि एमालेसँग कुरा मिल्ने बिश्वास व्यक्त गरे । ढुंगानाले भने, ‘काँग्रेस र एमाले सहमति गरेरै अगाडि बढ्छन् । एक वर्षभित्र संविधान जारी गर्ने के के गर्नुपर्छ, त्यो सबै हामी मिलेरै गर्छौँ ।’ बिगतको संविधानसभाका कामको स्वामीत्व ग्रहण गर्दै दलीय सहमतीमै टेकेर संविधान निर्माण हुने उनले स्पष्ट पारे ।
कार्यक्रममा एमाले नेता भीम रावलले राष्ट्रपतिले संविधान जारी गर्ने विषयमा आफुहरुको विमति नभएको तर प्रमाणीकरण कसले गर्ने भन्ने बारेमा विवाद रहेको बताए । ‘अब त्यो बिबाद पनि टुंगिने अवस्थामा छ । संविधानसभाबाट संविधान जारी हुनुअघि सभासद र संविधानसभा अध्यक्षले हस्तक्षर गर्ने, सभा अध्यक्षले प्रमाणीत गर्ने अनि राष्ट्रपतिले प्रमाणीकरण गरेर संविधान जारी गर्ने सहमति भएको छ’, उनले भने, ‘अब यो नियमावलीमा कुरा मिल्छ । संविधान राष्ट्राध्यक्षले नै जारी गर्नेमा हाम्रो विमती छैन ।’
उनले संविधानसभामा ककस आवश्यक नभएको बताए । ‘एकल जातीय राज्य नेपालमा हुनै नसक्ने भएकाले बहु पहुचानसहितको राज्य हुने भएकाले काँग्रेस र एमालेवीच संविधान जारी गर्नेमा कुरा मिल्छ । हामी तोकिएको समयभन्दा पहिले नै संविधान निर्माण गरेर देखाइदिन्छौं’, रावलले भने ।
यस्तै कार्यक्रममा एकीकृत माओवादीका नेता अग्निप्रसाद सापकोटाले संविधान कसले प्रमाणीत गर्ने र कसले जारी गर्ने भन्ने विवाद अनावश्यक रहको वताए । उनले काँग्रेस र एमालेको आपसी खिचातानीकै प्रतिफल मुलुक फजुलको विवादमा रुमल्लीएको आरोप लगाए ।
कार्यक्रममा राप्रपा नेता सुनिल थापाले संविधानको प्रमाणीकरण राष्ट्रपतिले नै गर्नुपर्ने बताए । उनले आफ्नो दल केही दिनमै सरकारमा सहभागी हुने वताए । उनले भने,’प्रधानमन्त्रीसँग सहमति भइसकेको छ । हामी यसैसाता सरकारमा सहभागी हुन्छौं । मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिइसकेका छौं । हाम्रो पार्टीमा को मन्त्री बन्ने भन्नेमा कुनै विवाद छैन ।’






0 comments:
Post a Comment