१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कोइराला म्यानमारमा हुने तेस्रो बिमस्टेक (वे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टर टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन) सम्मेलनमा भाग लिन आज त्यस तर्फ जाँदैछन ।

थाइ एयरको उडानबाट कोइराला आज दिउँसो पौने २ बजे त्यसतर्फ प्रस्तान गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री नेतृत्वको उक्त टोलीमा १५ जना सदस्य छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि कोइरालाको यो पहिलो विदेश भ्रमण हो । म्यानमार बसाईका क्रममा कोइरालाले त्यहाकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीसँग भेटावर्ता गर्नेछन् । कोइरालाले सुचीलाई आगमी मंगलबार भेट्ने कार्यक्रम भएको छ । यस्तै म्यानमारस्थित आफ्ना समकक्षी तथा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्डलगायतका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता हुनेछ ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा मुख्य तीन सम्झौतामा हस्ताक्षर हुनेछन् । जसमा नयाँदिल्लीमा मौसम तथा जलवायु केन्द्रको स्थापना, बंगलादेशको ढाकामा बिमस्टेकको स्थायी सचिवालय र भुटानमा सांस्कृति केन्द्र स्थापना रहेका छन् ।
0 comments:
Post a Comment