३० चैत, काबुल । अफगानिस्तानमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा पूर्व विदेशमन्त्री अब्दुल्लाह अब्दुल्लाहले अग्रता लिएका छन् । उनले नजिकका प्रतिद्वन्द्वी अस्रफ घानीलाई पछाडि पारेको स्वतन्त्र निर्वाचन आयोगले आइतबार दिएको छ ।
स्वतन्त्र निर्वाचन आयोगका प्रमुख युसुफ नुरिस्तानीले उत्तरी, दक्षिणी, पश्चिमी तथा काबुल क्षेत्रका २६ प्रान्तमा १० प्रतिशत मत गणना भएपछि आंशिक नतिजा सार्वजनिक गरिएको उनले बताए । २६ प्रान्तमा पाँच लाख मत गणना हुँदा डा. अब्दुल्लाहले ४१.९ प्रतिशत, घानीले ३७.६ प्रतिशत तथा जलमाइ रसुलले ९.८ प्रतिशत मत प्राप्त गरेको देखिएको छ ।
अन्तिम नतिजा मे महिनाका अन्त्यसम्म आउने अनमान गरिएको छ र कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेमा दुई प्रमुख उम्मेदवारबीच पुनःनिर्वाचन हुने व्यवस्था छ । आठ प्रान्तको नतिजा घोषणा गरिएको छैन ।
शनिबार पहिलो चरणको निर्वाचनमा करिब ७० लाख मतदाताले मौसम तथा तालिवानले दिएको चुनौतीलाई अस्वीकार गरेका थिए ।






0 comments:
Post a Comment