२ वैशाख, अम्मान । लिबियामा मगलबार जोर्डनका राजदूत अपहरणमा परेका छन् । उनको रिहाइका लागि सबै प्रकारका कोशिष जारी रहेको जोर्डनका प्रधानमन्त्री अब्दुल्लाह इन्सोरले बएको राज्यद्धारा सञ्चालित पेट्रा समाचार समितिले जनाएको छ ।
जोर्डनका राजदूतलाई अपरिचित सशस्त्र समुहले लिबियामा अपहरण गरेका थिए । बन्दुकधारीको एक समूहले राजदूत निवासको बायाँतर्फ गोली प्रहार गरी उनलाई अपहरण गरेको र घटनामा राजदूतका चालक भने सख्त घाइते भएको जनाइएको छ ।
जोर्डनको विदेश मन्त्रालयका एक प्रवक्ताले अन्तरराष्ट्रिय सञ्चार माध्यमलाई उक्त अपरहणको घटना जानकारी गराएका छन् ।
0 comments:
Post a Comment