कालो ट्याक्सी एमालेतिर, हरियो कांग्रेस र माओवादीतिर
११ बैशाख,काठमाडौं । मुलुकमा जतात्यतै बढेको बेथिति र राजनीतिकरणको तान्डव दृश्य बुधबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा देखियो । विदेशी पर्यटकको पहिलो प्रवेश हुने विमानस्थलमै ट्याक्सी व्यवसायीमाथि प्रहरीले लाठी भाँचिने गरी गोदेको दृश्यले नेपालको छवि अन्तरराष्ट्रियरुपमा बिगार्नलाई थप सहयोग पुर्याएको छ ।
बुधबारको झडपपछि अन्तरराष्ट्रिय विमानस्थलमा हरियो नम्बर प्लेटका ट्याक्सी व्यवसायीले कुनै पनि ट्याक्सीहरु चल्न दिएका छैनन् । हडतालका कारण यात्रुहरु समस्यामा परेका छन् । एमालेसमर्थित कालो ट्याक्सी सञ्चालकहरु भने गौशाला प्रहरी चौकीमा छलफलका लागि पुगेका छन् ।
विमानस्थलमा कालो नम्बरप्लेटका ट्याक्सी र हरियो नम्बर प्लेटका ट्याक्सी व्यवसायीवीचको विवादका कारण बुधबार कुटाकुट भएको हो । कालो नम्बर प्लेटका ट्याक्सी व्यवसायीहरु एमाले समर्थित स्वतन्त्र यातायात मजदुर संगठनमा आवद्ध छन् भने हरियो प्लेटका व्यवसायीहरु कांग्रेस र माओवादी समर्थक रहेको स्रोतले बताएको छ ।
‘त्रिभुवन विमानस्थल प्रशासनसँग हरियो प्लेटका व्यवसायीले लिखित सम्झौता गरेपछि विमानस्थलमा कालो प्लेटका ट्याक्सीलाई निश्चित ठाउँमा मात्रै थोरै संख्यामा राख्न दिइने गरेको छ । ‘यहाँ कालो प्लेटको मिटरवाला ट्याक्सी पाइन्छ’ भन्ने बोर्ड राखेर निश्चित ठाउँ छुट्याउनुपर्ने सहमति भए पनि त्यो बोर्ड हरियो ट्याक्सीवालाले राख्न नदिएपछि झडप भएको स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव भीमज्वाला राईले अनलाइनखबरलाई बताए ।
‘बोर्ड राख्न विमानस्थल कर्मचारी र प्रहरी खटिएका बेला हरियो ट्याक्सीवालाले अवरोध गरेपछि बुधबार साँभ्fm प्रहरीले उनीहरुमाथि लाठीचार्ज गरेको हो-’राईले भने- ‘सहमतिपत्रमा कप्युटराइज्ड बील सिस्टम राख्नुपर्ने भनिए पनि हरियो ट्याक्सीवालाले राखेका छैनन् । विमानस्थलमा उनीहरुको दादागिरी चलेको छ ।’
तर, हरियो ट्याक्सी सञ्चालकले भने कालो ट्याक्सीवालाले जबरजस्ती गरेको र आफूहरुमाथि प्रहरीले अन्याय गरेको आरोप लगाउँदै विमानस्थलमा हडताल गरेका हुन् ।
0 comments:
Post a Comment