Sunday, April 27, 2014

वायु सेवा निगमको नयाँ जहाज काठमाडौंमा, पन्चेबाजाले स्वागत


१४ बैशाख, काठमाडौं । नेपाल वायु सेवा निगमको नयाँ जहाज काठमाडौं आइपुगेको छ । चीन सरकारले अनुदानमा दिएको ५६ सिटको जहाज केहीबेर अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
विमानस्थलमा अवतरणपछि विमानलार्इ पण्डितको मन्त्रोचारणसहित पूजा गरिएको छ भने पन्चेबाजा बजाएर स्वागत गरिएको छ । राष्ट्रिय ध्वजाबहाक वायु सेवा नियमले २८ वर्षमा पहिलो पटक नयाँ जहाज ल्याएको हो ।
चीन सरकारले आन्तरिक उडानका लागि पाँच जहाज निगमलाई उपलब्ध गराउने विषयमा यसअघि नै सहमति जनाइसकेको छ ।प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले सो जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने बताए ।
गत फागुन ४ मा निगमसँग रहेको टि्वनअटर जहाज दुर्घटना भएपछि एउटा मात्रै जहाजबाट आन्तरिक उडान गर्दै आएको थियो । निगमको साख धानेको अर्को सोही ढाँचाको जहाजसमेत गत चैतमा समस्या उत्पन्न भएपछि निगम जहाजविहीन बन्न पुगेको थियो ।

0 comments:

Post a Comment