Wednesday, April 9, 2014

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु

भक्तपुर, चैत्र २६ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।बा ३ख ८२६६ नम्बरको ट्रकले बा१४प २५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोरटसाइकलमा सवार ललितपुर ९ लोहलका विनोद महर्जनको मृत्यु भएको हो ।दुर्घटनामा घाइते सागर महर्जनको सल्लाघारीस्थित युवमारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

0 comments:

Post a Comment