Wednesday, May 28, 2014

‘दश हजार अमेरिकी सेना अफगानिस्तानमा रहने’


आउँदो वर्षको शुरुवातसँगै अफगानीहरुले नै आफ्नो देशको सुरक्षाप्रति पूर्ण जिम्मेवार हुनेछन्, अमेरिकी सेनाले पहाड, उपत्यका, नगर र शहर कहिँ पनि गस्ती गर्ने छैन"



ओबामा
ओबामा गत हप्ताको अन्त्यतिर अचानक अफगानिस्तान गई त्यहाँ अमेरिकी सेनाहरुसँग भेट गरेका थिए
अमेरिकी राष्ट्रपति बराक ओवामाले आउँदो वर्षको अन्त्यसँगै अफगानिस्तानमा फौजी कारवाही सकिएपछि पनि त्यहाँ करिव दश हजार अमेरिकी सैनिक रहने बताएका छन्।
ती सैनिकले अलकायदा विरुद्धको प्रति-आतंकवाद कारवाहीमा सघाउने र अफगान सेनालाई सल्लाह दिने उनको भनाई छ।
त्यसैगरी उनीहरु अफगान सेनालाई तालिम दिने र आफ्नो देशको राजदूतावासको सुरक्षाको काममा पनि संलग्न हुनेछन्।

सानो आकार

राष्ट्रपति ओवामाले भने, “आउँदो वर्षको शुरुवातसँगै अफगानीहरुले नै आफ्नो देशको सुरक्षाप्रति पूर्ण जिम्मेवार हुनेछन्, अमेरिकी सेनाले पहाड, उपत्यका, नगर र शहर कहिँ पनि गस्ती गर्ने छैन।”
सन् २०१६ पछि भने अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति निकै सानो आकारमा खुम्चिने छ।
त्यसका निम्ति सन् २०१५ पछि बाँकी रहने सैन्य टुकडीहरुलाई क्रमैसँगै फिर्ता लग्ने योजना राष्ट्रपति ओवामाले सुनाए।
"आउँदो वर्षको शुरुवातसँगै अफगानीहरुले नै आफ्नो देशको सुरक्षाप्रति पूर्ण जिम्मेवार हुनेछन्, अमेरिकी सेनाले पहाड, उपत्यका, नगर र शहर कहिँ पनि गस्ती गर्ने छैन"
बराम ओबामा, राष्ट्रपति, अमेरिका
तर ती सबै योजना संयुक्त सुरक्षा सम्झौतामा अफगानिस्तानले गर्ने हस्ताक्षरमा निर्भर हुनेछ।

ओवामा विश्वास

कार्यकालको अन्त्यमा रहेका राष्ट्रपति हामीद कारजाईले उक्त सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।
तर राष्ट्रपति ओवामाले नयाँ राष्ट्रपतिले सम्झौतामा हस्ताक्षर गर्ने विश्वास व्यक्त गरे।
राष्ट्रपतिका दुबैजना प्रतिष्पर्धीहरु प्रस्तावित सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताइएको छ।
बीबीसीका एकजना सम्वाददाता भन्छन्, “ओबामा इराकमा सम्झौता नगरि अमेरिकी फौज तत्काल फिर्ता गर्दा त्यहाँको सुरक्षा अवस्था खस्कन पुगेको तथ्य यसपटक दोहर्याउन चाहन्नन्।”

0 comments:

Post a Comment