Sunday, May 11, 2014

नार्गाजुन दरबारको लाइन काटिने


नागार्जुन दरबारको लाइन काटिँदै

पूर्वराजा ज्ञानेन्द्रले उपयोग गर्दै आएको नागार्जुन दरबारले विगत सात वर्षदेखि विद्युत महशुल नबुझाएपछि विद्युत प्राधिकरणले लाइन काट्ने भएको छ । सात वर्षदेखिको बक्यौता रकम झन्डै ६० लाखभन्दा बढी भएको प्राधिकरणले जनाएको छ ।
पटक-पटक बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि तिर्ने कुनै छाँटकाँट नदेखेपछि विद्युतको लाइन काट्न लागेको विद्युत प्राधिकरणको कुलेश्वर शाखाले जनाएको आर्थिक दैनिकमा खबर छ । तर, विद्युत महशुल बुझाउनबाट ज्ञानेन्द्र पन्छिएपछि प्राधिकरणले रकम महसुल असुल्ने निकाय पाउन सकेको छैन् । साथै, विद्युत प्राधिकरणले भने हालसम्म नागार्जुन दरबारको महशुल तिर्ने आधिकारिक निकाय पाउन सकेको छैन् ।

0 comments:

Post a Comment