२५ बैशाख, काठमाडौं । सरकारले देशभरि नगरपालिकाको संख्या १३० वटा बनाउँदा पनि १३ वटा जिल्ला अझै नगरपालिकाविहीन बनेका छन् ।
स्थानीय विकास मन्त्रायका अनुसार अझै नगरपालिकाविहीन रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, कालीकोट, मुुगु, रामेछाप, डोल्पा, सोलुखुम्बु, रसुवा र बाजुरा रहेका छन् ।
सरकारले एकैचोटि ७२ वटा नगरपालिका थपेपछि अब ६२ वटा जिल्लामा एक वा सोभन्दा बढी नगरपालिका स्थापना भएका छन् ।
0 comments:
Post a Comment