Friday, May 9, 2014

नगरपालिका घोषणा खारेज गर्न संघीय समाजवादीको माग


बिहेमा बजाउने बाजा मलामीमा सुहाउँदैन


rajendra shrestha२६ बैशाख, काठमाडौ । संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले मुलुकभर थप ७२ वटा नगरपालिकाका बनाउने सरकारको निर्णयलाई बेमौसमको बाजा बताएका छन् । श्रेष्ठले राज्यको पुर्नसंरचना नै नगरी नयाँ नगरपालिका थपेर जनताको ध्यान अन्तै मोड्न खोजेको आरोप लगाए ।
नयाँ नगरपालिका थप गर्नु सकारात्मक भए पनि राज्यको पुर्नसंरचना नगरी घोषणा गर्नुको अर्थ नहुने बताउँदै श्रेष्ठले भने,’सरकारको घोषणा बेमौसमको बाजाजस्तै भयो । बिहेको बेला बजाउनुपर्नेमा बाजा मलामी जाने बेला बजाउँदा सुहाउँदैन ।’
नेता श्रेष्ठले राज्यको पुनसंरचना गर्न नसकिरहेका समयमा नयाँ नगरपालिका घोषणा गरेर राज्य पुनसंरचनालाई ओझेलमा पार्ने षयन्त्र भएको बताए । अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले भने,’अहिले नगरपालिका थप्ने बेला होइन, पहिलो ध्यान संविधाननिर्माणसँगै राज्यको पुर्नसंरचनामा दिनुपर्छ । ‘
राज्यको पुर्नसंरचना भनेको स्थानीय निकायको पुनसंरचना नै भएको भन्दै उनले नगरपालिका घोषणा केका लागि भन्दै प्रश्न गरे । राजनीतिक स्वार्थमा गरिएको नगरपालिका घोषणा बदर गरी राज्यको पुर्नसंरचनामा लाग्नु पर्ने श्रेष्ठले बताए । उनले राज्यको पुर्नसंरचनागरेपछि मात्रै नगर कस्तो बनाउने भन्नेबारे सोच्नु पर्ने बताए ।

0 comments:

Post a Comment