Thursday, June 12, 2014

सभासद मुक्का प्रहार हान्ने रामेछापका युवक पक्राउ


२९ जेठ, काठमाडौं । सभासद रिताकुमारी शाहीमाथि दुव्र्यवहार र मुक्का प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्वजनिक अपराधमा मुद्दा चलाएको छ । रामेछाप चिसापानीका टिकाराम सुन्दासलाई बुधवार साँझ बत्तिसपुतलीमा अर्की एक महिलामाथि हातपात गर्दा प्रहरीले पक्राउ गरेको थियो ।
सोधपुछ गर्दै जाँदा सभासद शाहीमाथि हातपात गर्ने पनि उनै हुन् भन्ने खुलेपछि आफूले पक्राउ गरेर बानेश्वर प्रहरीलाई बुझाएको गौशालाका डिएसपी अविनारायण काफ्लेले बताए । बानेश्वर प्रहरीले सुन्दासलाई जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइसकेको र उनले सभासदमाथि पनि आफैंले हातपात गरेको बयान दिएको बानेश्वरका डिएसपी रमेश तामाङले बताए ।
बुधवार अपरान्ह सभासद शाहीमाथि संविधानसभाको ३ नम्बर गेट अगाडि टेम्पोबाट ओर्लने क्रममा हातपात भएको थियो । रातीसम्म व्यवस्थापिका संसद बैठक चलेकाले सभासदलाई बिहान प्रहरी कार्यालयमा बोलाएर सनाखत गराइएको डिएसपी तामाङले जानकारी दिए । ‘उसलाई देख्नेबित्तिकै सभासदज्यूले चिनिहाल्नुभयो, उहाँलाई हातपात गर्दा जुन लुगा लगाएको थियो, त्यहि लुगामै पक्राउ परेछ’ तामाङले भने ।
सुन्दासको बत्तिसपुतलीमा सिलाइबुनाइ पसल रहेको छ । उनी बत्तिसपुतलीमा पनि एक महिलाको जिउमा हात हाल्ने र दुव्र्यवहार गरि भाग्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । ‘उसमा एक प्रकारको समस्यानै रहेछ’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने ‘कित सभासदलाई हापतात गरिस् भन्दा उनको जिउमा छुँदा नमानेकाले हात हालेको हुँ भन्ने सन्की जवाफ दियो’ ।

0 comments:

Post a Comment