
मोसुल शहरमा सरकारी सैन्य ट्याकहरुमामाथि विद्रोही झण्डा फहराइएको छ
अमेरिकी राष्ट्रपति बराक ओबामाले उनको सरकारले इराकलाई इश्लामवादी विद्रोहीसँग जुझ्न सैन्य कारवाही लगायतका सबै विकल्पले सहयोग गर्नेबारे सोचिरहेको बताएका छन्।
तर ह्वाइटहाउसले इराकमै रहने गरी अमेरिकी सेना भने नपठाउने बताएको छ।
इराकमा पूर्वी दियाला प्रान्तमा विद्रोहीहरु थप अगाडि बढिरहेका छन् तर सरकारी हवाइ हमलाले उनीहरुलाई थप पश्चिम तर्फ लाग्न रोकिरहेको छ।
राष्ट्रपति ओबामाले उनको समुहले रातदिन इराकलाई कसरी सबभन्दा प्रभावकारी सहयोग उपलब्ध गराउने भन्नेबारे काम गरिरहेको बताएका छन्।
जिम्मेदारी
उनी भन्छन्, "म केहि पनि असंभव भन्न चाहन्न किनभने जिहादीहरुले इराक या अरुतिर स्थायी कब्जा जमाउन नपाउन् भन्नेमा हाम्रो पनि जिम्मेदारी छ।"

ओबामाले इश्लामवादी विद्रोहीसँग जुझ्न अमेरिकाले इराकलाई सबैखाले सहयोग उपलब्ध गराउने बताए
विजुली चम्केको जस्तो गरी इराकमा विकसित परिस्थितिमा सुन्नी इश्लामवादी विद्रोहीले मोसुल र टीक्रिट शहरमा नियन्त्रण जमाएपछि अमेरिकी राष्ट्रपतिको यो भनाइ आएको हो।
अमेरिकाले इराकी सेनासँग काम गरिरहेका आफ्ना सैन्य परामर्शदाता र ठेकेदारलाई सुरक्षित स्थानतिर सार्न थालेको छ।
"इराक सरकार अन्तर्गतको संझौता अनुसार अमेरिकी सहयोग निकाय मार्फत काम गरिरहेका अमेरिकी नागरिकहरुलाई उनीहरु कार्यरत कम्पनीहरुले सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिरहेका छन्," विदेश मन्त्रालयकी प्रवक्ता जेन पीसाकीले भनिन्।
योजना
केहि सय अमेरिकीहरु बलाद हवाइ आधारबाट बगदादमा सारिएको एकजना अमेरिकी सैन्य अधिकारीले एएफपीलाई बताएका छन्।
"म केहि पनि असंभव भन्न चाहन्न किनभने जिहादीहरुले इराक या अरुतिर स्थायी कब्जा जमाउन नपाउन् भन्नेमा हाम्रो पनि जिम्मेदारी छ"
बाराक ओबामा, अमेरिकी राष्ट्रपति
इश्लामिक स्टेट इन इराक एण्ड द लेभन्ट छोटकरीमा आएसआइएस भनिने विद्रोहीहरुले अझ दक्षिणतिर सरेर बगदाद तीर र शिया बहुल क्षेत्रहरुतिर सर्दै जाने योजना बनाएको विश्वास गरिन्छ।
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले विहिबार सर्वसम्मत रुपमा इराकी सरकार र त्यसका जनताको आतंकबाद विरुद्धको लडाइलाई समर्थन गरेको छ।
सिया र सुन्नी मुशलमानहरुबीच द्वन्द्व बढ्दो छ।
आइसीसको सफलताले मध्यपूर्वको समस्या झन खराब बनाइदिने विश्लेषण गरिएको छ।
0 comments:
Post a Comment