Friday, July 25, 2014

अफगानिस्तानमा गंगाको मृत्यु, पथरी शोकमग्न


Gangabahadur-Limbu
साउन, पथरी । तालिवानी विद्रोहीहरूको आत्मघाती बम बिस्फोटनबाट अफगानिस्तानमा गाउँले युवाको ज्यान गएपछि मोरङको पथरी शोकमग्न भएको छ ।
रोजगारीको शिलशिलामा अफगानिस्तानमा रहेका पथरी-३ का ४३ वर्षीय गंगाबहादुर लिम्बू तालिवानी विद्रोहीको निशानामा परी बुधबार मारिएपछि पथरी शोकमा डुबेको हो ।
पैसा कमाएर परिवारलार्इ सुखी बनाउने सपनासहित अफगानिस्तान पुगेका लिम्मू मारिएपछि उनको परिवारमा रूवाबासी चलेको छ । परिवार र छरछिमेकी सबैका प्रिय लिम्बूको मृत्यु खवर गाउँबासीले सपनाजस्तै ठानिरहेका छन् । लिम्बू अगानिस्तानको काउन्टर नार्कोटिक विल्डिङमा सुरक्षागार्डका रूपमा कार्यरत थिए ।
‘गाउँलेका प्रिय गंगाबहादुरले संसार छाडेको खबर हामीले पत्याउनै सकेका छैनौं’, छिमेकी खेमबहादुर घिमिरेले भने, ‘राम्रा मान्छेलार्इ नै कालले पनि चाँडै लाँदो रहेछ ।’
अफगानिस्तानबाट फर्केर बेलायत जान लागेका लिम्बू मारिएपछि उनले साँचेका सबै सपना पनि अधुरै रहेका छन् ।

0 comments:

Post a Comment