२१ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पहिरोमा परी बेपत्ता भएका १ सय २३ जनालाई सरकारले मृत घोषणा गरेको छ । योसँगै पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय ५६ पुगेको छ । उद्धारका क्रममा ३३ जनाको शव भेटिएको थियो ।
बेपत्ता भएका १ सय २३ जनालाई मृत घोषणा गरी स्थानीय प्रशासनले राहत वितरण कार्य सुरु गरेको छ । ‘स्थानीयकै आग्रहमा वेपत्ता भएकाहरुलाई मृत घोषणा गरिएको हो । पहिरोमा पुरिएका उनीहरुको खोजी सम्भव छैन्’- सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले अनलाइनखबरसँग भने ।
सरकारले राहतस्वरुप प्रतिव्यक्ति ४० हजार रुपैयाँ किरिया खर्च दिएको छ भने प्रत्येक घरलाई क्षर्तिपूर्ति बापत ५ हजार प्रदान गरिने छ । सिन्धुपाल्चोकमा दैवी प्रकोप उद्धारसमिति स्थानीय समाजसेवी जिल्ला प्रशासन कार्यालयको रहोवरमा राहत वितरण समिति गठन गरेर राहत वितरण थालेको छ ।

भौतिक योजना तथा निर्माण मन्त्री निरीक्षणमा
यसैबीच भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधी सुनकोशी नदी पुरिएर ताल बनेको क्षेत्रमा निरीक्षणका लागि गएका छन् । विमानमार्फत जुरे पुगेका मन्त्रीसहित स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली रहेको छ ।

0 comments:
Post a Comment