शोभाको मृत्युदण्डले उब्जाएको प्रश्न
साउदी अरेबियामा गत ४ अगष्ट २०१४,सोमबारको दिन एक नेपाली चेलीलाई मृत्युदण्ड दिइयो । उनी भिमाद तनहुँ कि शोभा परियार हुन् । बैदेशिक रोजगारीको सिलसिलामा केहि वर्ष अगाडि घरेलु कामदारका रुपमा उनी साउदी अरेबिया आएकी थिइन् ।
साउदी प्रेस एजेन्सीका अनुसार उनले आफ्नै मालिकका एक दुईवर्षे नावालक बच्चाको हत्या गरेको अभियोग लागेको थियो । उनलाई बचाउनका लागि नेपाली दूताबास विगत एक वर्षदेखि निरन्तर लागिपरेको बुझिएको छ । तर, दुर्भाग्य पीडक पक्षको हठका कारण दूताबासको पहल निरिह रह्यो ।
यो घटना असामान्य हो । नेपालकी एक छोरीचेली परदेशमा आएर मृत्युदण्डको शिकार हुनुमा नेपाल सरकारले सहज रुपमा लिन मिल्दैन । यो असामान्य घटनाप्रति सबै पक्ष गम्भीर हुनु अति जरुरी छ । नेपाली नागरिकले परदेशमा रहेर मृत्युदण्डको सजायँ पाउनु सायद यो नै पहिलो हुन सक्छ । सबै पक्षको ध्यान केन्द्रित होस्, यो गम्भीर घटनाप्रति ।
साउदी अरेबियामा नेपाली महिलाहरु घरेलु कामदारका रुपमा आउन नेपाल सरकारले बन्देज गरेको छ । तर, केही दलालमार्फत भारतको बाटो हुँदै अवैधानिक तरिकाले साउदी अरेबिया छिरेका शोभा परियार जस्ता हजारौं महिलाहरु घरेलु कामदारका रुपमा यहाँ आएका छन् । एकाध दुई महिला घरेलु कामदारहरु कुनै
समस्या बिना सन्तुष्टपूर्वक काम गरेको भेटिए पनि अधिकांश नेपाली महिला कामदारहरुको अवस्था अति नै दर्दनाक छ।
नेपाली घरेलु महिला कामदारहरु प्रत्यक हप्ता जसो ४ देखि १० जनासम्म कुनै न कुनै समस्या अथवा मालिकको पीडा सहन नसकेर नेपाली दूताबास रियादमा शरण पर्न आएका हुन्छन् । तीमध्ये कोही आफ्नै मालिकद्वारा अथवा मालिकका आफन्तद्वारा यौनशोषणमा परेर, कोही शारीरिक र मानसिक यातना सहन नसकेर भने कोही खान र तलब सुविधा आदि नपाएर दुतावासमा शरण पर्न आएको भेटिएका छन् ।
यस्ता कैयौं पीडित नेपाली चेलीहरुलाई नेपाली दूताबासले आफ्नो सेल्टरमा हप्तादेखि महिना दिनसम्म सुरक्षित राखी प्रक्रिया पुर्याएर स्वदेश फिर्ता पठाइएको हुन्छ । त्यस्ता पीडित नेपाली चेलीहरुलाई काठमाडौँसम्म हवाइ टिकटको व्यवस्था नेपाली दूताबास र केही संघ संस्थाहरुको सहयोगमा हुने गरेको पाइएको छ ।

मानवलाई परिस्थितिले दानव बनाउँछ । नेपाली चेली, शोभा परियार आफैमा दानवरुपी व्यक्तित्व थिएन अवश्य पनि । उनलाई दानव बन्न परिस्थितिले बाध्य बनाएको हुनुपर्छ । चेली शोभा परियारलाई दिइएको मृत्युदण्डले राष्ट्रलाई स्तब्ध र दुखी बनाएको छ । तिनलाई मृत्युदण्ड दिइनुमा सबै पक्ष दोषी अवश्य
छन्; नेपाल सरकार, साउदी सरकार, पीडित र पीडक सबै । शोभा परियारजस्ता हजारौं चेलीहरु साउदीमा कुनै भरपर्दो रोजगार सम्झौताबिना कार्यरत छन् ।
यो कमजोरीले गर्दा मानवीयता नभएका रोजगारदाताले श्रमिकलाई दुर्ब्यबहार त अवश्य नै गर्छन् । दुर्ब्यबहार सहने पनि सीमा हुन्छ । दुर्ब्यबहारले सीमा नाघेपछि मर्न र मार्न स्वभावैले पछि हट्दैनन् कोही पनि। शोभा परियारको जस्तो घटना पुन: नदोहोरिएला भन्न सकिँदैन । जबसम्म साउदीमा नेपाली महिला कामदारको बिषयमा कुनै त्यस्तो उचित र भरपर्दो कानुन बन्दैन, भोलिका दिनहरुमा यसरी नै नेपाली चेलीहरु साउदीमा नझुण्ड्याइएला अथवा बलात्कृतको शिकार नहोला भन्न सकिँदैन ।
यस्ता घटनाहरु निरन्तर घट्दै गएको अवस्थामा त्यसको जिम्मेवार को हुने ? नेपाली चेलीहरु दिनप्रति दिन साउदी नागरिकहरुद्वारा बलात्कृत हुनुपर्ने ? तर, तिनका चेलीहरुलाई झुक्किएर हेर्नसम्म पनि नहुने ? तिनका चेलीलाई बलात्कार त के दुबैको सहमतिमा सम्बन्ध राख्नु अपराध ठहरिन्छ । साबित भए मृत्युदण्डको सजायँ दिइन्छ ।
समाधानका उपाय के त ?
नेपाल सरकारले महिला कामदार साउदी पठाउन दुइ देशबीच कुनै भरपर्दो रोजगार सम्झौता नहुँदासम्म साउदी सरकारले नेपाली महिला कामदारका लागि प्रवेशाज्ञा पूर्णरुपले बन्द गर्न साउदी सरकारसँग अनुरोध गर्नु पर्छ।
साउदी सरकारले नेपाली महिला कामदारका लागि भिसा बन्द गरेपछि साउदीका मानिसहरुले भारतको बाटो हुँदै अवैधानिक तरिकाले नेपाली महिला कामदारहरु ल्याउन पूर्ण रुपले स्वत: बन्द हुनेछ ।
सम्पूर्ण नेपाली चेलीहरु, जसले घरेलु कामदारका लागि साउदी अरेबिया जाने सोच राख्नुभएको छ, अथवा कुनै पनि दलालले तपाईलाई भारतको दिल्ली र मुम्बईको बाटो भएर साउदी लैजानका लागि फकाई फुलाई गरेको छ भने त्यस्ता दलालहरुको लहैलहैमा लागेर आफ्नै भविश्यलाई अँध्यारो सुरुङ्गभित्र खसाल्ने काम नगर्नुहोला ।
नेपालको सरकारले वैधानिक तवरबाट साउदी अरेबियामा महिला कामदार जान दिने भन्ने मिडियाहरुमा आइरहेको पनि छ । तर, नेपाल सरकारले साउदी सरकारसँग उचित र भरपर्दो महिला कामदार सम्बन्धी कानून नबनाउँदासम्म घरेलु कामदारका लागि कुनै पनि महिला दिदीबहिनीहरु साउदीमा आफ्नै भबिष्य बर्बाद गर्न नआउनु होला ।

0 comments:
Post a Comment