Saturday, November 22, 2014

मोदीको धार्मिक भ्रमण रद्द भएको भारतीय पक्षद्वारा पुष्टी


Modi७ मंसिर, काठमाण्डौ । अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाण्डौं बाहिरका धार्मिक भ्रमण रद्द भएको पुष्टी भएको छ ।
भारतीय बिदेशमन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले आज बिहान ट्वीट गर्दै भने-‘सार्क सम्मेलनका क्रममा मोदीले काठमाण्डौको मात्र भ्रमण गर्नुहुनेछ ।’
‘भारतमा गरिएका प्रतिबद्धताका कारण’ मोदीले बाहिरका भ्रमण स्थगित गर्नुपरेको उनले बताएका छन् ।
मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमणको तयारी भइरहेकाबेला तीन दिनअघि भारतीय पक्षले मोदीले काठमाण्डौबाहिरका भ्रमण रद्द गरेको अनौपचारिक सूचना चुहाएको थियो ।

तर, भारतले औपचारिक जानकारी नदिंदै नेपाल सरकारका मन्त्री बिमलेन्द्र निधिले चाकडीको शैलीमा हतार-हतार बिज्ञप्ति जारी गरेपछि भारतीय पक्षले त्यसबारे अनबिज्ञता दर्शाएको थियो ।
त्यसपछि नेपाल सरकारले भ्रमण स्थगित नभएको भन्दै पुनः भ्रमणको तयारी थालेको थियो । अन्ततः नेपाल सरकारका सवै तयारी खेर गए ।

0 comments:

Post a Comment