१६ मंसिर,पोङ्दिटार रामेछाप । युवा विदेशमा, घरमा बालबालिका र बूढापाका मात्र। खेतमा धान पाकेर पहेंलपुर छ। आधा मंसिर बितिसक्यो, भित्र्याउन सकिएको छैन। अझ आकाशमा देखापर्ने बादलले किसानको मुटुमा ढ्यांग्रो ठोकिदिन्छ। पाकेको धान भित्र्याउन नपाएपछि भोकनिद्रा हराएको छ।
रामेछाप जिल्लामा धान उत्पादनको मुख्य क्षेत्र लखन्पुर गा बी स को पोङ्दिटार,थापागंउ, डोब्ला र गौश्वरा गा बी स को टेक्सिङ् र दर्गा लगायतका खेतको फाँटमा धान पहेंलपुर पाकेको छ। पाकेको धान भित्र्याउन कामदार नपाएपछि भोकनिद्रा हराएको यो भेग्का किसानहरुले बताएको खबर छ ।
मानो रोपेर मुरी फल्ने खेत्को फाँटमा पाकेको धान आधा मंसिर बित्दा पनि भित्र्याउन नपाउँदा उनीहरु तनावमा छन्। उनीहरुले भने, ‘गाउँका युवा बिदेसिए, बालबालिका र बूढाबूढीले के गर्ने ?’ आकाशमा देखिने बादलले कतै असिनापानी बर्साइदिने हो कि भनेर उनी झन् भयभीत छन्।
पर्याप्त कामदार नपाउँदा पाकेको बाली उठाउन सकस भएको किसानह्रुले बताए। उनीहरुले भने, ‘मंसिर बित्न लाग्यो, कामदार नपाएपछि बूढापाका र केटाकेटी मिलेर राति १० बजेसम्म खेतमा काम गर्छौं। बिहान तीन बजे उठेर फेरि खेतमै जान्छौं, अर्मपर्म गरेर धान काट्न सुरु गरेका छौं।’
सबै कमाइ धानखेतीमा लगीएका पोङ्दिटारका किसानहरुको दिन खेतमै बित्ने गरेको छ।
‘कामदार नपाएपछि अहिले सकिनसकी दैनिक १८ घन्टा खेतमा काम गर्नुपरेको छ’, उनीहरु भन्छन्, ‘थोरै धानबाली हुनेहरू त अर्मपर्मबाट उठाउन थालेका छन्। धेरै खेती हुनेहारु कसरी उठाउने भनेर चिन्ता बढेको छ।’ युवा बिदेसिएपछि असारमा खेती लगाउन र मंसिरमा भित्र्याउन धेरै कठिनाइ बेहोर्नुपरेको उनीहरुले बताए। गाउँका अधिकांश युवा बिदेसिएपछि यस भेगका अधिकांश गांुमा बाली भित्र्याउन सकस परेको छ ।

0 comments:
Post a Comment