१८ मंसिर, काठमाडौं । आगामी मंसिर मसान्तसम्म एसएलसी परीक्षाको फारम नभर्ने विद्यार्थी तथा विद्यालयलाई परीक्षामा समावेश नगराइने भएको छ ।
जिल्ला शिक्षा कार्यालय काठमाडौंले निजी शैक्षिक संस्थाले परीक्षाका लागि फाराम भर्न पटक-पटक निर्देशन दिए पनि अटेर गरेपछि मंसिर अन्तिमसम्म र्फम नभर्ने परीक्षार्थी तथा विद्यालयलाई सहभागी नगराउने जनाएको राजधानीमा खबर छ ।
जिल्ला शिक्षा अधिकारी डा. बालकृष्ण रञ्जितका अनुसार विद्यालयलाई १५ दिन फाराम भर्ने समय थप गरिएको जनाए । ‘त्यसपछि पनि अटेर गर्ने विद्यालय तथा विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुनेछन्,’ उनले भने, ‘निरीक्षक र स्रोतव्यक्तिलाई काठमाडौंका निजी विद्यालयले परीक्षा फारम भरेका छन् कि छैनन् भनेर अनुगमन गरी नभर्ने विद्यालयलाई तत्काल भर्न लगाउन निर्देशन दिइएको छ ।’
0 comments:
Post a Comment