सार्कमा भुटान कम भ्रष्ट, अफगानिस्तानमा बढी भ्रष्टाचार
१७ मंसिर, काठमाडौं । ट्रान्परेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१४’मा नेपाल भ्रष्टाचारग्रस्त मुलुकमा परेको छ ।
बुधबार सार्वजनिक सूचकांकमा नेपालमा भ्रटाचार नियन्त्रण हुन नसकेको मात्र होइन, थप बढेको देखाइएको छ ।
अध्ययनअनुसार नेपाल २९ अंकका साथ १२६ औं स्थानमा छ । १०० कुल अंकको अध्ययनमा १७५ देश सामेल गरिएको थियो । यो नेपालले २०१३ मा पाएको भन्दा २ अंक कम हो । २०१३ मा ३१ अंकका साथ नेपाल ११६ औं स्थानमा थियो ।
‘५० भन्दा कम अंक पाउने मुलुक भ्रष्टाचारग्रस्त रहेको दर्शाउने भएकाले नेपालमा भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी प्रगति हुन नसकेको देखिन्छ’ ट्रान्परेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष भरतबहादुर थापाले बताए । भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने अवस्था रहेको ट्रान्परेन्सीले जनाएको छ ।
विश्व सूचकांकमा ९२ अंकका साथ डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । सोमालिया र उत्तर कोरिया ८ अंकका साथ सबैभन्दा बढी भ्रष्ट मुलुकमा सूचीकृत भएका छन् ।
दक्षिण एशियामा भुटानले ६५ तथा भारत र श्रीलंकाले ३८/३८ अंक पाएका छन् । नेपाल र पाकिस्तानको समान २९ अंक छ । अफगानिस्तान १२ अंकका साथ सार्क राष्ट्रको सबैभन्दा भ्रष्ट मुलुक बनेको छ । माल्दिभ्स भने सूचीमा समावेश छैन ।
0 comments:
Post a Comment