Wednesday, December 3, 2014

सडकको रेलिङ काटे १५ हजार जरिवाना


Road Crossing (11)
१८ मंसिर, काठमाडौं । सडक किनारको रेलिङ आफूखुसी काटेपछि त्रिपुरेश्वरकी संगीता मास्के कारबाहीमा परेकी छन् । उनले गत मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित मुख्य सडकपेटीको ‘रेलिङ वेल्डिङ मेसिन’बाट बाटो काट्दै गरेको अवस्थामा महानगरपालिकाले मास्केलाई कारबाही गरेको हो ।
उनलाई १४ हजार रुपैयाँ जरिवाना मात्र तिराइएन् ‘रेलिङ जस्ताको तस्तै बनाइदिने’ गरी सहमतिसमेत गरायो । ‘रेलिङ काटेर आफ्नो घरतिर जाने बाटो बनाउँदै गरेको रहेछ,’ महानगरपालिका नगर प्रहरीप्रमुख धनपति सापकोटाले भने, ‘हामीले भेटेपछि जरिवाना तिरायौं र काटिएको रेलिङ जस्ताको त्यस्तै बनाइदिने सर्तमा छोड्यौं ।’
उनका अनुसार सापकोटाले सार्वजनिक सम्पत्ति नोक्सानी गरेकाले स्थानय स्वायत्त शासन ऐन २०५५ अनुसार मास्केलाई कारबाही गरिएको हो । सो ऐनको दफा १६५ को उपदफा १ मा सार्वजनिक सम्पत्ति नोक्सान गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गरी हानी नोक्सानीको बिगोसमेत असुलउपर गरी वा साबिकअनुसार तयार गर्न लगाउने व्यवस्था गरिएको राजधानीमा खबर छ ।

0 comments:

Post a Comment