Tuesday, December 2, 2014

ढुक ल्हुन्डुब देछेन छ्योईखोरलिङ्ग गुम्बा (पुडी घ्यांग) को अध्यारो रात २०५३ साल

ढुक ल्हुन्डुब देछेन छ्योईखोरलिङ्ग गुम्बा (पुडी घ्यांग) युगीन् ईतिहासको साछीको रुपमा स्थापित रहेको छ। बुद्धत्वको सन्देश निरन्तर दिइरहेकै छ तर अपसोच यो गुम्बाले दुई कालो रातलाई बिर्सन सकेको छैन। कहिले पनि निको नहुने घाउ भएर बसेको छ वि. स.२०५३ सालमा एकै सालमा दुई पटक चोरी भैसकेको छ। भने चोरी भएको समान र चोरहरु भने कहिले नभेटिने गरी भाग्न सफल भए।

# चोरिएको मुर्ति र समानहरु
-----------------------------------
यस गुम्बाको सबैभन्दा धेरै जानकारी त यहीँको लामाहरूलाई नै थियो । त्योभन्दा बाहिरको मानिसलाई त खासै जानकारी हुने कुरा पनि थिएन । त्यसैले लामाहरु भन्छन्, 'गुम्बा चोरी हुनुमा यहीँको कोही न कोहीको ठूलै साँठगाँठ भएको हुनुपर्दछ।' गुम्बा चोरी भएको रातलाई सम्झिदै लामाहरु भन्छन्,।

चोरहरूले बुद्धको विभिन्न स्वरूपको ३२ थान ढलौटका मुर्तिहरू र पूर्व पच घ्याङ्को बन्डमा तीब्बात बाटा ल्यको बहुमुल्या मुर्तीहरुका अतिरिक्त दाहिने शङ्ख, फुर्वा र काङलिङ लगायतका बहुमूल्य सामाग्रीहरू उठाएर लगेका थिए । ढलौटको भनिएपनि बुद्धको मुर्तिहरू सुनको भन्दा कम थिएनन् । त्यसलाई कपासले मात्रै सफा गर्दा पनि राम्ररी चम्किन्थे । त्यस बेलासम्म भने गुम्बाको अद्भूत अस्त्ित्व रहेको लामाहरु सम्झन्छन् । र दोस्रो पटक चोरी हुँदा पनि धेरै बहुमुल्य समानहरु र गुम्बको भीत्तमा लेखेको ल्होरीलाई पनि नीकलेर लगीएको छ जुना कपड्मा भीबीन्न कीसीमको माड लगएर बनएको थीयो 
 

0 comments:

Post a Comment