१६ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् ।
अस्वस्थ भएपछि उनी एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुसँग संविधानका अन्तरवस्तुसहितका विषयमा छलफल गर्न तय भएको बैठकमा पनि गएनन् ।
मंगलबार अचानक वान्ता भएपछि घरमै उपचार गराइरहेका प्रचण्डका स्वकीय सचिव चुनामणि खड्काले बताए ।
डा. अरुण सायमीसतिको टोलीले लाजिम्पाट पुगेर प्रचण्डको स्वास्थ्य परीक्षण परेको छ ।
सुगरको औषधीको साइड इफेक्ट भएको भन्दै चिकित्सकहरुले औषधी परिर्वतन गरेका छन् । अहिले प्रचण्ड निवासमै आराम गरिरहेका छन् ।
0 comments:
Post a Comment