Friday, February 28, 2014

गाँजा, साधु र प्रहरी : को ठीक ?



babaमहाशिवरात्रीमा पशुपति मन्दिर परिसरमा गाँजा सेवन रोक्न प्रहरी परिचालित छ । कोही गाँजा किन्दै वा खाँदै गरेको सर्वसाधारण युवा देख्नासाथै प्रहरीले समातिहाल्छ ।
शिवरात्रीको केही दिनअघिदेखि नै गाँजा नियन्त्रण अभियान थालेको प्रहरीले साधुलाई आफैंले खान भने छुट दिएको छ । तर विगतमा गाँजा बेचेर राम्रै कमाइ गरेको हुँदा योपल्ट प्रहरीले कडाइ गरेपछि साधुहरु रिसाएका छन् ।
वर्षदिनमा आउने शिवरात्रीमा भगवान शिवको प्रसादको रुपमा गाँजा बेच्न पाउनुपर्ने साधुहरुको मागमा के धार्मिकता अन्तरनिहित छ ? वा धार्मिकताको नाममा युवा पुस्ता कुलतमा प्रेरित होलान् ? अथवा सांसारिक लोभ त्यागेर साधु बनेका भन्नेहरुको धर्मको नाममा व्यापार गर्ने मनसाय हो ? तपाईं के भन्नुहुन्छ ?
१) शिवरात्रीमा गाँजा व्यापारलाई केही छुट दिनैपर्छ ।
२) साधुलाई धार्मिकताका नाममा लागूऔषध कारोबार गर्न दिइनुहुँदैन ।
३) गाँजा सेवन अनुचित छ । आध्यात्मले मान्यता दिए पनि यसलाई नियन्त्रण गर्नैर्पर्छ ।

0 comments:

Post a Comment