१० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामा र तिर्वासित जीवन बिताइरहेका तिब्बती अध्यात्मिक दलाई लामासँग भेटवार्ता गरेका छन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै दलाई लामालाई भेटेका ओबामाले तिब्बतीहरुको मानवअधिकारको रक्षाका लागि आफ्नो समर्थन रहेको बताएका छन् ।
ओबामा र दलाई लामाबीचको भेटअघि चीनले भेटवार्ता रद्द गर्न माग गरेको थियो । यो भेटले चीन–अमेरिकाको सम्वन्धमा गम्भीर असर पर्ने चेतावनी दिएको छ ।
अमेरिकी अधिकारीहरुले ओबामाले व्हाइट हाउसको म्याप रुममा दलाई लामालाई निजी भेटघाटका रुपमा भेट गरेका हुन् ।
ओमाबाले आम रुपमा विदेशी नेताहरुसँग ओवल अफिसमा भेटवार्ता गर्छन । यस आधारमा म्याप रुममा भेट गर्ने निर्णय गर्नुको अर्थ थेरै प्राथमिकता नदिएको रुपमा हरिएको छ ।
राष्ट्रिय सुरक्षा काउन्सिलका प्रवक्ताका अनुसार ओबामाले दलाई लामालाई एक अन्तराष्ट्रिय स्तरका सम्मानित धार्मिक एवं सांस्कृतिक नेताका रुपमा भेटेका हुन् ।
फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबारा र तिब्बती धार्मिक नेता दलाई लामाबीच शुक्रबार हृवाइट हाउसमा भेटवार्ता हुने अमेरिकी अधिकारीहरुले बताएका छन् ।चीनको चेतावनीलाई बेवास्ता गर्दै ओबामाले दलाई लामालाई भेट्ने
तर, चीनले भने दलाई लामासँगको भेट रद्द र्गा माग गरेको छ । आफ्नो आग्रहलाई अस्वीकार गर्दै दलाई लामालाई भेटे यसको असर चीन र अमेरिकाको सम्वन्धमा पर्ने उसको चेतावनी छ ।
चीनले दलाई लामालाई पृथकतावादी नेताको रुपमा हेर्छ । तर, दलाई लामाले भने आफूले तिब्बतलाई स्वतन्त्रता नभइ स्वायत्तताको कुरा गरेको मात्र बताएका छन् ।
अमेरिकी अधिकारीहरुले पनि स्वतन्त्र तिब्बतको समर्थन नगरेको तर, चीनमा मानवअधिकारलाई लिएर चिन्तित रहेको बताएका छन् ।
ओबामा र दलाई लामाबीच पछिल्लो पटक २०११ मा भेटवार्ता भएको थियो । तर, चीनले असन्तुष्टि जनाएको थियो ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता क्याटलिन हृयाडेनले ओबामाले दलाई लामालाई अन्तराष्ट्रिय स्तरका धार्मिक एवं सांस्कृतिक नेताका रुपमा भेट्ने बताउका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चनींगले भनेका छन्-दलाई लामासँग अमेरिकी नेताको भेट चीनको आन्तरिम मामिलामा एक घोर हस्तक्षेप र अन्तराष्ट्रिय सम्वन्धको कोडको पनि गम्भीर उल्लंघन हो । यसले चीन र अमेरिकाको सम्वन्धमा गम्भीर रुपमा असर गर्छ ।’
0 comments:
Post a Comment