१४ फागुन, काठमाडौं । कान्दाहार विमान अपहरण घटनामा हत्या र अपहरण षडयन्त्र अभियोगमा मुद्दा चलाइएका एक नेपालीलाई भारतको पन्जाब र हरियाणा उच्च अदालतले सफाइ दिएको छ । पटियाला विशेष अदालतद्धारा दोषी ठहर गरिएका नेपाली नागरिक युसुफ नेपालीसँगै भारतीय नागरिक दिलीपकुमार भुजेललाई उच्च अदालतले सफाइ दिएको छ ।
पन्जाब तथा हरियाणा उच्च अदालतका न्यायाधीशद्वय हेमन्त गुप्ता र फतेहदीप सिंहको संयुक्त इजलासले उनीहरुलाई सफाइ दिएको नयाँ पत्रिकामा खबर छ । तर, हतियार ऐन, १९५९ अनुसार मुद्दामा भने उनीहरुलाई दोषी ठहर गरिएको छ ।
हत्या र विमान अपहरणको सोही मुद्दामा अदालतले उनीहरुसँगै मुद्दा चलाइएका अब्दुल लतिफ अदाम मोमिमलाई भने दोषी ठहर गरेको छ । उनलाई आजीवन काराबासको सजय सुनाइएको भारतको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
काठमाडौंबाट एक सय ७९ जना यात्रु र ११ चालक दलसहित दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आइसी ८१४ विमान सन् १९९९ डिसेम्बर २४ मा अपहरण गरी अफगानिस्तानको कान्दाहार पुर्याइएको थियो । सो क्रममा एक यात्रुको हत्या गरिएको थियो ।
0 comments:
Post a Comment