Thursday, February 27, 2014

नेपाली महिलाद्वारा दक्षिण अमेरिकीको हिमाल आरोहण


१५ फागुन, काठमाडौं । समावेशी महिला पर्वतारोहण टोलीले दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिमाल अकोन्कागुवाको सफल आरोहण गरेको छ ।
विश्वका सातैवटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने अभियानमा रहेको टोलीले अर्जेन्टिनामा रहेको करिब सात हजार मिटर अग्लो हिमाल गत आइतबार आरोहण गरेको आरोहण दलकी संयोजक शैली बस्नेतले आधार शिविरबाट जानकारी दिए ।
शिखर आरोहण गर्नेहरुमा पेमा डिकी शेर्पा, निमडोमा शेर्पा, आशाकुमारी सिंह र चुनु श्रेष्ठ हुनुहुन्छ । आरोहण दलमा माया गुरुङ, पुजन आचार्यसहित सात जना सम्मिलित छन् । मौसम प्रतिकूल रहेको र आरोहण अभियानमा नौ दिन लागेको संयोजक बस्नेतले बताइन् ।
नेपाली महिलाहरुको टोलीले यसअघि एसिया महादेशमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै अष्ट्रेलिया, युरोप र अपि|mकी महादेशका सर्वोच्च शिखरहरुको सफल आरोहण गरिसकेको छ ।

0 comments:

Post a Comment