१६ फागुन, काठमाडौं । कतारको राजधानी दोहास्थित इस्तानुबुल रेस्टुरेन्टमा बिहीबार ग्यास सिलिन्डर विस्फोट हुँदा तीन नेपाली सहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । १२ नेपालीसहित ३२ जना घाइते भएका छन् । घाइते नेपालीहरुको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
कतारको आन्तरिक मन्त्रालयका अनुसार मृत्यु भएका नेपालीमा बागलुङका मानबहादुर खत्री, दुर्गाबहादुर कार्की र टंकबहादुर क्षेत्री छन् । ‘तीनै जना हाम्रा साथी हुन् । सँगै काम गथ्यौं,’ कमल हमालले भने, ‘सबै जना भेला भएका छौं, निक्कै निराश छौं ।
नेपाली दूतावासले ती नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । अस्पताल पुगेका श्रम सहचारी इन्द्रदेव पाण्डेले आपतकालीन उपचार कक्षमा १२ नेपालीको उपचार भइरहेको बताए । ‘उनीहरु सबैको अवस्था खतरामुत्त, छ,’ उनले भने ।
स्थानीय समयअनुसार विहान १० बजेर १२ मिनेटमा विस्फोट भएको थियो । मृत्यु भएका नेपाली अल अराबी कम्पनीमा काम गर्थे । त्यस कम्पनीमार्फत उनीहरु विस्फोटले क्षति पुगेको होटल टेस्टीमा काम गर्थे । हमालका अनुसार उनीहरु ८ वर्षदेखि कार्यरत थिए ।






0 comments:
Post a Comment