Thursday, February 27, 2014

तामाङ समाज बेल्जियमको साँस्कृतिक साँझ सम्पन्न

बेल्जियम । तामाङ समाज बेल्जियमले बसन्त ऋतुलाई स्वागत गर्दै होलिको पूर्व सन्ध्यामा एक साँस्कृतिक कार्यक्रमको सम्पन्न गरेको छ । आइतवार ‘बसन्त साँस्कृतिक साँझ’ नाम दिइएको उक्त कार्यक्रमलाई सफल पार्नको लागि बेल्जियम भरिका सम्पूर्ण संघ संस्थाहरुको साथै संगीत प्रेमी स्थानियहरुलाई समेत निम्त्याइएको थियो ।saj-1
नेपालबाट आएका कलाकार जानकी तारमी मगर ,रामजी खाँड,त्रिलोक राना मगरका साथै स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रेहेको उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष भरत तामाङले गरेका थिए । कार्यक्रमको संचालन महासचिव चिजकुमार तामाङले गरेका थिए ।

0 comments:

Post a Comment