Tuesday, February 25, 2014

नक्कली असई बनेर ठग्ने युवती पक्राउ

   काठमाडौं, फागुन १३ - नक्कली असई बनेर ठगी गर्ने एक युवतीलाई ललितपुरको सातदोबाटो प्रहरी वृत्तले पक्राउ गरेको छ ।
ठग्दै गरेको अवस्थामा काभ्र्रेको पनौती नगरपालिका १३ घर भएकी ३१ वर्षिय सिता कोइरालालाई रंगेहात पक्राउ गरिएको सातदोबाटो प्रहरी वृतका सई रुपक थापाले जानकारी दिनुभयो ।
आफूलाई १२ हजार रुपैयाँ दिएमा काम (मुद्दा) मिलाइदिने भन्दै उनले रामेछापकी एक युवतीसँग २ हजार लिएकी थिइन । २ हजार हात पारेपछि बाँकी १० हजार पछि लिन्छु भन्दै भाग्न खोज्ने क्रममा उनी पक्राउ परेकी हुन् । सिता कोइरालाले आफू नेपाल प्रहरीको असई भएको र आफनो श्रीमान हनुमानढोकामा प्रहरी निरीक्षक भएकाले जस्तोसुकै प्रहरीमा पुगको जस्तो सुकै काम मिलाइदिने भन्दै सर्वसाधारणबाट ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पैसा नखाइ काम नगर्ने भएकाले पैसा खुवाएर काम गरिदिने उनले सर्वसाधारणलाई आश्वासन दिने गरेको थापाले बताउनुभयो । कोइरालाले सातदोवाटो, बानेश्वर र कोटेश्वर क्षेत्रमा लामो समयदेखि नक्कली असई बनेर ठग्ने गरेको प्रहरीको भनाई छ । झट्टा केटाको जस्तो कपाल काटेकी कोइराला झट्ट हेर्दा प्रहरी जस्तै देखिन्छिन् । उनीमाथि ठगि मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment