Tuesday, February 25, 2014

"डन"दीपक मनाङ्गे दशरथ रंगशालाबाट पक्राउ

   १३ फागुन, काठमाडौं । गुण्डा नाइके दीपक मनाङ्गेलाई प्रहरीले दशरथ रंगाशालाबाट पक्राउ गरेको छ । मंगलबार दिउँसो दशरथ रंगशालामा भएको मनाङ मर्स्याङ्गदी क्लब र नेपाली पुलिस क्लबबीचको फुटबल हेर्न पुगेका मनाङ्गेलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखेको छ ।

मनाङ्गले गुण्डागर्दी गरेर सर्वसाधरणलाई आतंकित बनाएको, जवरजस्ती रकम असुलेको र अन्य अवैध कृयाकलापमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हनुमानढोकाका एक प्रहरी अधिकृतले बताए ।

एसएसपी रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएयता ५० जना बढी गुण्डा र तिनका नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ । खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएयता पक्राउ परेका मनाङ्ग सबैभन्दा चर्चित गुण्डा नाइके हुन् ।

0 comments:

Post a Comment