Saturday, February 22, 2014

सगरमाथामा सुरक्षाकर्मी !

काठमाडौ, फाल्गुन १० - अब सगरमाथामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । नेपाल सरकारले सगरमाथामा आधार शिविरमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेहो हो । केही समयअघि आरोही र स्थानीय शेर्पा समुदायबीच विवाद उत्पन्न भएको घटना सार्वजनिक भएपछि सरकारले यस्तो तयारी गरेको हो ।
गत अपि्रलमा यूरोपेली आरोही र स्थानीय शेर्पाबीच भएको विवाद पछि साम्य भएको थियो । पछिल्लो समय सगरमाथा आरोहण गर्नेको संख्या बढ्दो क्रममा छ । अब यो बर्षको सगरमाथा आरोहण समय सुरु हुँदैछ ।
अबको दुई महिनापछि अपि्रलमा नेपाली सेना र प्रहरी रहेको सुरक्षाकर्मी टोली परिचालन गरिने सरकारी तयारी छ ।
पर्यटन मन्त्रालयको टोलीसँग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीका तीन-तीन सदस्य रहेको नौ सदस्यीय सुरक्षा टोली परिचालन हुने पर्यटन मन्त्रालयका दिपेन्द्र पौडेलले बताए ।
चुचुरामा डोरी बाँध्ने बिषयमा अघिल्लो बर्ष स्थानीय शेर्पा र आरोहीबीचको विवादले आरोहीको सुरक्षाबारे प्रश्न खडा गरेको थियो ।
सातहजार चारसय ७० मिटर उचाईमा उनीहरुबीच विवाद भएको थियो ।
सुरक्षाकर्मीको टोली परिचालनपछि आरोहीलाई उद्दार गर्न, सफाईमा ध्यान दिन र नियम पालना गराउन सहज हुने मन्त्रालयको विश्वास छ ।
सन् १९५३ मा तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेकेपछि तीन हजार भन्दा बढी नेपालीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

0 comments:

Post a Comment