Thursday, February 27, 2014

जापानमा बेपत्ता भएकी सुत्केरी नेपाली महिला मृत भेटिइन्


sutkeriनागोया । जापानको नागोयाबाट बेपत्ता भएकी एक नेपाली सुत्केरी महिला मृत फेला परेकी छिन् । गत फेब्रुअरी १९ तारिखदेखि हराइरहेकी नागोयाको ओजोनेमा बसोबास गर्दै आएकी बर्ष २८ वर्षीया दिनुता गौतम बिहीवार दिउँसो नागोया सी मिनातो कुस्थित मिनातो पुलिस स्टेशन नजिकको समुन्द्रमा मृत अबस्थामा भेटिएकी हुन् ।
गौतम २० दिने बालकलार्इ छोडेर फेब्रुअरी १९ तारिखदेखि वेपत्ता भएकी थिइन् ।  जापानवाट सञ्चालित नेपाली न्युज पोर्टल टोक्यो नेपालका अनुसार मृतकको शरिर पानीमा डुबिरहेको अबस्थामा त्यहाँको स्थानीय प्रहरीले भेटाएको थियो ।
शब भेटेपछि प्रहरीले सम्बन्धित व्यक्ति मृतकको श्रीमानलार्इ खबर गरेको वताइएको छ ।मृतकको शव प्रहरी कार्यालयमा राखिएको वताइएको छ । गौतम बुटवल स्थायी घर भर्इ अध्ययनको शिलशिलामा जापान आएका प्रकाश पौडेलसंग बिबाह गरी बिगत ६ वर्ष देखि नागोयामा बसोबास गर्दै आएकी थिइन् ।
 नागोयाको ओजोनेमा बसोबास गर्दै आएकी २८ वर्षीयागौतम गत बुधबार बिहान ६ बजेदेखि बेपत्ता भएकी थिइन् ।

0 comments:

Post a Comment