गाडी बनाएको बनायै, सामान किनेको किन्यै
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सोमबार क्याबिनेट बैठकको खाजा तथा खाना खर्चको विल वेबसाइटमार्फत सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको ४४ वटा मन्त्रिपरिषद बैठकको खाजा र खाना खर्च ७ लाख ७ हजार ८ सय १४ रुपैयाँ छ ।
‘विभिन्न मितिमा ४४ पटक बसेको मन्त्रिपरिषद तथा अन्य बैठकहरुको खाजा तथा खाना खर्च’ भन्न्े शीर्षकमा सार्वजनिक गरिएको खर्च अनुसार एउटा बैठकको खाजा तथा खाना खर्च १६ हजार ८७ रुयैयाँ पर्न जान्छ ।
गाडी मर्मत गरेको गर्यै
प्रधानमन्त्री कार्यालयले सोमबार मोविल, गेयर आयल र ब्रेक आयलमा १ लाख ८४ हजार ८ सय १६ रुपैयाँ खर्च देखाएको छ । बिएम ट्रेडर्सबाट प्रधानन्त्री कार्यालयले गाडी मर्मत र इन्धन खरिद गर्ने गरेको छ । सोमबार बिएम ट्रेडर्सले दुईवटा गाडी मर्मत गरेवापत प्रधानमन्त्री कार्यालयलाई ३५ हजार ३ सय १२ रुपैयाँको बिल बुझाएको छ । सोमबारै विश्वकर्मा अटो सर्भिसिङ सेन्टरबाट प्रधानमन्त्री कार्यालयमा ४ वटा गाडी मर्मत गरेको भन्दै ३६ हजार १ सय ३ रुपैयाँको बिल आएको छ ।
प्रधानमन्त्री कार्यालयले गाडीहरुको मर्मत धेरै गर्दै आएको प्रमाण अर्को पनि छ । सोमबार सार्वजनिक बिल अनुसार न्यु शिव सर्भिस सेन्टर प्रालिबाट ‘कार्यालय प्रयोजनका लागि गाडी मर्मत’ शीर्षकमा थप २८ हजार ३ सय ७३ को बिल देखाइएको छ । मर्मत गरिएको गाडी नम्बर प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छैन ।
सामान किन्दा उस्तै खर्च
प्रधानमन्त्री कार्यालयममा कार्यालयका स्टेशनरी सामान खरिद शीर्षकमा त्रियुगा इन्टरप्राइजेजबाट ७ लाख ५७ हजार ६ सय १३ रुपैयाँको बिल आएको छ भने सोही दिन सोही शीर्षकमा सगरमाथा अपसेट प्रेसबाट ९० हजार १ सय १७ रुपैयाँको बिल देखाइएको छ । भिडियो कन्फरेन्सिङको पारिश्रमिक वापत १० हजारको बिल देखाइएको छ । तर, कुन भिडियो भन्ने खुलाइएको छैन ।
फागुन २२ गते प्रधानमन्त्री कार्यालयको खर्च अलि बढी देखिएको छ । सो दिन ग्लोबल लिंक टेक्नोलोजी प्रालिबाट स्क्यानर, पि्रन्टर, ल्यापटप र सर्भर खरिदको बिल ७ लाख ५० हजार ४ सय ८९ आएको छ । सोही दिन चेक इन्टरनेशनल प्रालिबाट १ लाख ९ हजार ६ सय १० रुपैयाँको स्क्यानर खरिद गरेको देखाइएको छ । सोही दिन रेडियो ग्रुप प्रालिबाट कम्युटर, ल्यापटप खरिदवापत ३ लाख ७९ हजार ७ सय ३६ रुपैयाँको बिल देखाइएको छ ।
झारा टारियो प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशील कोइरालाले पदभार ग्रहण गरेकै दिन प्रधानमन्त्री काार्यलयमार्फत हुने खर्चको विवरण भुक्तानी गर्नुपूर्व नै वेबसुाइटमा राख्न निर्देशन दिएपछि कार्यालयले विवरण सार्वजनिक गर्न थालेको हो । तर, खर्चको प्रकृतिबारे स्पष्ट खुलासा नगरी कोइरालाको निर्देशनलाई झारा टार्ने मात्र सार्वजनिक गरिएको मर्मत गरिएका गाडीको नम्बर नखुलाइनुलले स्पष्ट पारेको छ ।
फागुन २२ गते प्रधानमन्त्री कार्यालयले सर्वाजनिक गरेको जानकारी अनुसार ‘चीनको अध्ययन भ्रमणमा जाने टोलीको हवाइ टिकट’ शीर्षकमा ‘कार्यक्रम खर्च’ अन्तरगत गण्डकी टुर्स एण्ड ट्राभल्सबाट ४ लाख ६९ हजार ८ सय ७५ रुपैयाँ खर्च देखाइएको छ । तर, सो अध्ययन भ्रमण कस्तो हो र कोको गएको हो भन्ने सार्वजनिक गरिएको छैन ।
सोही दिन बाग्लुङमा सार्वजनिक सेवा प्रवाहको अनुगमनका लागि शाखा अधिकृत रामकृष्ण रेग्मी, नायव सुब्बा कल्पना खनाल र कार्यालय सहायक निरु खत्रीका नाममा ३० हजार भन्दा बढीको बील देखाइएको छ ।
फागुन २३ मा प्रधानमन्त्री कार्यालयमा टेन्टर मूल्यांकन समितिको बैठक भत्तावापत ५१ हजार कर्मचारीलाई बाँडिएको देखाइएको छ भने करार सेवाका कर्मचारीलाई फागुनको तलब ४ लाख ८४ हजार ८ सय २५ रुपैयाँ बाँडिएको उल्लेख छ ।
सोमबार सार्वजनिक गरिएको खर्च विवरण अनुसार उपसचिव खोमराज कोइराला, शाखा अधिकृत कविता पन्थी र कार्यालय सहायक दूर्गा अर्याललाई कपिलवस्तु जिल्लामा अनुगमन भ्रमणको खर्चवापत २१ हजार ४ सय ३४ रुपैयाँ देखाइएको छ ।
0 comments:
Post a Comment